बैशाख ०७, २०८१, शुक्रबार
               

मेस्सीले तोडे महान् खेलाडी पेलेको कीर्तिमान

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

विश्व फुटबलका महान खेलाडी पेलेको कीर्तिमान बार्सिलोनाका लियोनल मेस्सीले भंग गरेका छन् । मेस्सी एकै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

उनले बार्सिलोनाबाट ६४४ गोल गरेर पेलेको कीर्तिमान तोडेका हुन् । मेस्सीले स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा रियल भालाडोलिडलाई ३–० ले पराजित गर्ने क्रममा ६५ औँ मिनेटमा गोल गरेर कीर्तिमान बनाएका हुन् ।

सन् २००५ मा बार्सिलोनाबाट पहिलो गोल गरेका ३३ वर्षे मेस्सीले यो अवधिमा ६४४ गोलको सहयोगमा बार्सिलोनालाई १० पटक ला लिगा तथा चार पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका छन् । पेलेले सन् १९५६ देखि १९७४ सम्म १९ सिजनमा ब्राजिलियन क्लब सान्तोसका लागि ६४३ गोल गरेर कीर्तिमान बनाएका थिए ।

मंगलबार राति भएको खेलमा रियल भालाडोलिडलाई पराजित गर्ने क्रममा मेस्सीसहित २१ औँ मिनेटमा क्लेमेन्ट लेङ्गलेट तथा ३५ औँ मिनेटमा मार्टिन ब्रेथवेटले गोल गरे ।

जितपछि पाँचौँ स्थानको बार्सिलोनाको १४ खेलबाट २४ अंक भएको छ । रेलिगेशन जोनमा रहेको रियल भालाडोलिडको १५ खेलबाट १४ अंक भएको छ ।


कस्तो लाग्यो ?

यो पनि