बैशाख २३, २०८१, आइतबार
               

बार्सिलोना शीर्ष पाँचमा उक्लियो

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलकोे शीर्ष पाँचमा पुगेको छ । गएराति भएको खेलमा रियल सोेसिडाडलाई २–१ गोलकोे पराजित गर्दैै बार्सिलोेना शीर्ष पाँचमा उक्लिएको हो । 

घरेलुु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जोर्डी आल्बा र डी योङले एक–एक गोल गरे। सोसिडाडका लागि विलियन जोसेले एक गोल गरे ।

खेलको २७ औं मिनेटमा जोेसेको गोलमा पाहुना टोली सोेसिडाडले अग्रता बनाएको थियो। ३१ औं मिनेटमा आल्बाले घरेलु टोली बार्सिलोनाका लागि बराबरी गोेल फर्काएका थिए ।  ४३ औं मिनेटमा डी योङले गोल गर्दै बार्सिलोनालाई २–१ गोलको अग्रता दिलाए ।  त्यसपछि दुबै टिमबाट कुनै गोल हुन सकेन । 

जितसँगै बार्सिलोनाले १२ खेलबाट २० अंक जोडेको छ। बार्सिलोना अंक तालिकाकोे पाँचौ स्थानमा छ । परातिज सोसिडाड तालिकामा एक स्थान तल झरेको छ। लिगमा १४ खेल खेलेको सोसिडाडको २६ अंक छ । 


कस्तो लाग्यो ?

यो पनि