जेठ ०३, २०८१, बिहीबार
               

दशरथ रंगशालामा हुने विश्वकप छनोट खेल मार्चमा

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले कतारमा हुने फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत समूह चरणको बाँकी खेलको खेल तालिका सार्वजनिक गरेको छ ।

नेपालले आगामी मार्च महिनाबाट आफ्नो प्रतिस्पर्धा गर्ने भएको छ । एशियन फुटबल महासंघले जारी गरेको पछिल्लो तालिकामा एशियन लेग मार्चबाट सुरु हुनेछ । जसमा नेपालले मार्चको २५ तारिखमा चाइनीज ताइपेईविरुद्ध खेल्नेछ ।

त्यसपछि मार्च ३० तारिखमा अष्ट्रेलियाविरुद्ध खेल्नेछ । यस्तै २०२१ को जुन सात तारिखमा नेपालले जोर्डनसँग खेल्नेछ । तीनै खेल घरेलु मैदानमा खेल्नेछ ।

फिफा विश्वकप छनोटको समुह बी मा रहेको नेपाल वरियताका आधारमा पहिलो पटक दोस्रो चरणमा पुगेको हो । नेपालले अहिलेसम्म पाँच खेलमा एक जितमात्र निकालेको छ । उसले यसअघि चाइजीज ताईपेईलाई दुई शुन्यले हराएपछि जोर्डन, अष्ट्रेलिया, कुवेतसँग पराजित भएको थियो । जसमा कुवेतसँग होम एण्ड अवे खेल खेलिसकेको छ ।

कोरोना भाइरसका कारण स्थगित हुनुभन्दा अगाडि विश्वकप र एशियन कप छनोटका खेल मार्च र अप्रिलमा हुने तालिका थियो । त्यसपछि अक्टोबर र नोभेम्बरका लागि सारिएको थियो । तर फिफाले आफ्नो क्यालेन्डर व्यवस्थापन गर्नका लागि २०२१ मा मध्यमा सारिएको थियो ।

राष्ट्रिय टोलीले आइतबारदेखि विश्वकप छनोटलाई लक्षित गरेर तयारी सुरु गर्दैछ । एन्फाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने निर्णय गतसाता गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि