जेठ ०३, २०८१, बिहीबार
               

जिदानले भने–‘अब रियलमा लामो समय बस्दिनँ’

एजेन्सी
मंसिर २५, २०७७

ADVERTISEMENT

रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले सहज र अफ्टेरो अवस्थामा पनि आफू टोलीलाई नेतृत्व दिन प्रतिवद्ध रहेको बताएका छन् । यद्यपी, म्यानचेस्टर युनाइटेडमा एलेक्स फर्गुसन स्थायी रुपमा बसेजसरी आफू लामो समय रियल म्याड्रिडमा बस्ने सोचमा नरहेको उनले बताए ।

बुधबार बोरुसिया मोचेनग्लाडबाचलाई २–० ले हराउँदै समूह विजेताका रुपमा रियल म्याड्रिडले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ । पराजयका बाबजुद मोचेग्लाडबाच उपविजेताका रुपमा अन्तिम १६ मा पुुग्यो । यस खेलमा पराजित भएको भए रियल १९९६–९७ पछि पहिलोपटक समूह चरणबाटै बाहिरिने संकट थियो । समूह चरणका होम एन्ड अवे दुुबै खेलमा साख्तर डोनेस्कसँग पराजित हुँदा रियल संकटमा परेको थियो र जिदानको ठूलै आलोचना भएको थियो । यद्यपी, करिम बेन्जामाले बुधबारको खेलमा पहिलो हाफमा निर्णायक दुुई गोल गर्दा संकट टर्‍यो । 

यस नतिजाले पक्कै पनि जिदानमाथि दबाब कम हुनेछ ।  यद्यपी, स्पेनिस ला–लिगामा पनि खराब प्रदर्शनबाट गुुज्रिएको म्याड्रिड चौथो स्थानमै सिमित छ । जिदानले खेलपछि आफुु खराब अवस्थामा पनि टोलीलाई नेतृत्व दिन तयार रहेको प्रतिक्रिया दिएका छन् । यद्यपी, लामो समय रियलमा नबस्ने संकेत गरेका छन् । ‘कहिल्यै म्याड्रिडको सर एलेक्स फर्गुुसन बन्न गइरहेको छैन । यो पक्का छ,’ पत्रकारहरुसँग उनले भने,‘मलाई थाहा छैन, कति लामो समयसम्म म यहाँ बस्नेछुु ।  म यसबारे सोच्ंिदन पनि । म यस क्लबमा निकै कठिन समयमा पनि खुसी भइरहेको छुु, यस अर्थमा भाग्यमानी महसुस गर्छु । म म्याड्रिड र स्पेनमा लामो समयदेखि छुु र केही समय अझै बिताउन चाहन्छुु ।’

सर एलेक्स फर्गुसनले २६  वर्ष म्यानचेस्टर युुनाइटेडमा प्रशिक्षकका रुपमा बिताएका थिए । यस क्रममा उनले युनाइटेडलाई १३ वटा प्रिमियर लिग, दुुईवटा युरोपेली च्याम्पियन्स लिग र ५ वटा एफएकपसहित कुुल ३८ वटा उपाधि जिताए ।                              


कस्तो लाग्यो ?

यो पनि