जेठ ०४, २०८१, शुक्रबार
               

पिएसजीबाट एम्बाप्पेको सय गोल पूरा

नेपाल फ्ल्यास
मंसिर २१, २०७७

ADVERTISEMENT

एजेन्सी- केलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट एक सय गोल पूरा गरेका छन् ।

शनिबार राति पीएसजीले मोन्टपेलियरलाई ३–१ ले पराजित गर्ने क्रममा एम्बाप्पले सय गोल पूरा गरेका हुन् ।

एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै कोलिन डाग्बाले पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

घरेलु टोलीका स्टेफी माविदिदी ४१औँ मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

मोइस केनले कठिन कोणबाट गोल गर्दै पीएसजीलाई पुन २–१ को अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा एम्बाप्पेले पीएसजीबाट सय गोल पार गरे ।

उनले १ सय ३७ खेलमा सय गोल पूरा गरेका हुन् । उनी पीएसजीबाट सय गोल पूरा गर्ने पाँचौ खेलाडी बनेका छन् ।

फ्रान्सका अन्तर्राष्ट्रिय फरवार्ड १ सय ६५ मिलियन पाउण्डमा पीएसजी आउनुअघि मोनाकोबाट २७ गोल गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि