बैशाख २३, २०८१, आइतबार
               

फुटबलमा बार्सिलोनाले ओसासुनालाई ४–० गोलले हरायो

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

एजेन्सी । स्पेनिस ला लिगाअन्तरगतको फुटबल खेलमा बार्सिलोनाले घरेलु टिम ओसासुनालाई ४–० गोलले हराएको छ । उक्त खेलमा बार्सिलोनालाई जिताउनका लागि कप्तान लियोनल मेस्सी, फिलिपे कौटिन्हो, एन्टोनी ग्रिजम्यान र मार्टिन ब्राथवेटले गोल गरेका थिए ।

खेलको २९ औँ मिनेटमा नै मार्टिनले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४२ औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाए ।

पहिलो हाफमा दुई गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो। खेलको ५७ औँ मिनेटमा कौटिन्होले गोल गर्दै बार्सिलोनालाई ३–० गोलको अग्रता दिलाए भने ७३ औँ मिनेटमा कप्तान मेस्सीले गोल गरेपछि बार्सिलोनाले ४–० गोलको जित हासील गर्न सफल भयो ।

सो ला लिगा फुटबलको लिग लिडर रियल सोसाइडेड भने बराबरी भएको छ । रियल सोसाइडेडले भिल्लारियलसँग १–१ गोलको बराबरी खेलेको थियो । यस जितसँगै लिगतको सातौँ स्थानमा रहेको बार्सिलोनाले ९ खेलबाट १४ अंक बनाउन सफ भएको छ । पराजित ओसासुनाको भने १० खेलबाट ११ अंक रहेको छ । 

यो पनि