बैशाख १६, २०८१, आइतबार
               

म्याराडोनाको पुरानो जर्सी देखाउँदै मेस्सीले गरे गोल समर्पण (भिडियो)
घरेलु मैदानमा बार्सिलोनाको सहज जित

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा ओसासुनालाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सहज जित निकालेको हो ।

बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी, एन्टोनियो ग्रिजम्यान, मार्टिन ब्रेथवेट र फिलिपे कौटिन्होले एक एक गोल गरे ।

क्याम्प नाउमा मार्टिनले २९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

खेलको ४२ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।

खेलको ५७ औं मिनेटमा कौटिन्होले गोल गर्दा बार्सिलोना ३-० ले अघि रह्यो ।

खेलको ७३ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।

ओसासुनाविरुद्धको गोल गरेपछि मेस्सीले अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोनाप्रति श्रदान्जली अर्पण गरेका थिए ।

गोलपछि उनले म्याराडोनाको पुरानो जर्सी देखाएर उनीप्रति गोल समर्पण गरेका थिए ।

यस्तै बार्सिलोनाले पनि खेल अघि म्याराडोनालाई सम्झिएको थियो ।

बार्सिलोनाका पूर्व खेलाडी म्याराडोनाको गत साता हृदयघातको कारण निधन भएको थियो ।

जितसँगै बार्सिलोना लिगको सातौं स्थानमा समेत उक्लिएको छ । बार्सिलोनाले ९ खेलमा १४ अंक जोडेको छ ।

ओसासुना ११ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

यो पनि