जेठ ०२, २०८१, बुधबार
               

कप्तान मल्लसहित ४ जनालाई कोरोना

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित तीन खेलाडी र एक जना ग्राउन्ड स्टाफलाई कोरोनाभाइरस संक्रमण भएको पत्ता लागेको छ।

कप्तान मल्ल, उपकप्तान ऐरी र रोहितकुमार पौडेललाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । त्यस्तै ग्राउन्ड स्टाफ प्रदीप लामालाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएकाे छ । 

आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षणका लागि हिजो मात्र १६ खेलाडी, प्रशिक्षक जगता टमाटा र ग्राउन्ड स्टाफसहित ३३ जनाको स्वाब संकलन भएको थियो र  यसैबीच थप पाँच खेलाडीलाई क्यानले क्लोज क्याम्पका लागि बोलाएको छ । विक्रम सोब, अनिल साह, कुशल भुर्तेल, रित गौतम र लोकश बमलाई क्लोज क्याम्पका लागि बोलाइएको हो।


कस्तो लाग्यो ?

यो पनि