जेठ ०२, २०८१, बुधबार
               

बैंकका गार्डलाई खुकुरी प्रहार गर्ने व्यक्ति बानेश्वरबाट पक्राउ

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार भनिएका एक जनालाई आज पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा काठमाडौं थापागाउँका ३१ वर्षीय शशि थापा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले गत असोज २९ गते काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित ग्लोबल आइएमई बैंकमा कार्यरत चौकीदार (सुरक्षा गार्ड) लाई खुकुरी प्रहार गरी फरार भएका थापालाई आज अपराह्न बानेश्वरबाट पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रमेश विष्टले बैंकका गार्डलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेको अभियोगमा थापालाई पक्राउ गरिएको जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि