जेठ ०३, २०८१, बिहीबार
               

सलाह कोरोना संक्रमण मुक्त

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

एजेन्सी । इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहमद सलाह कोरोना संक्रमण मुक्त भएका छन् । लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले सलाह संक्रमण मुक्त भएको जनाएका छन् ।

‘मैले सुनेको छु । आज नकारात्मक परीक्षण भएको । मलाई लाग्छ अब उनका सबै परीक्षण सामान्य हुन्छन्,’ क्लोपले भने ।

संक्रमण मुक्त भएसँगै सलाहले च्याम्पियन्स लिग अन्तर्गत एट्लान्टाविरुद्धको खेल खेल्ने सम्भावना बढेको छ ।

राष्ट्रिय टिमका लागि इजिप्ट पुगेका सलाहलाई गत शुक्रबार कोरोना पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि