बैशाख १७, २०८१, सोमबार
               

बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २ शून्य गोलले पराजित

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

काठमाडौं । बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २ शून्य गोलले पराजित भएको छ ।

कोरोनाको महामारीका कारण आठ महिनापछि मैदानमा उत्रिएको नेपालले निकै फितलो खेल खेलेको छ । नेपालले बंगलादेशसँग सात वर्षपछि पहिलो हार ब्यहोरेको हो । सन् २०१३ को मार्चमा भएको एशियन कप खेलमा पराजित भएपछि नेपालले बंगलादेशसँग हारेको थिएन । 

ढाकास्थित बंगबन्धु रंशगालामा भएको खेलको सुरुवातमा नै नेपालले गोल खान पुग्यो । १० औँ मिनेटमा बंगलादेशले एक गोलको अग्रता बनायो । उसका लागि सामुद्दिनले गोल गर्न सफल भए । डिबक्समा आएको बललाई उनले गोसल गर्दा नेपाली डिफेन्डरले केहि गर्न सकेनन् । 

सुरुवातमा नै एक गोलले पछि परेको नेपालले १७ औँ मिनेटमा मौका पाएको थियो । तर नवयुग श्रेष्ठको प्रहार फ्रेममा रहन सकेन । २१ औँ मिनेटमा बंगलादेशले अर्को राम्रो मौका खेर फाल्यो । डिबक्समा मोहम्मद इब्राहिमले गरेको हेडको प्रयार पोष्टको नजिकैबाट बाहिरीयो । मोहम्मद नविबको क्रसमा आएको बललाई उनले फिनिस गर्न सकेनन् । त्यसको दुई मिनेटमा फेरी बंगलादेशले अर्को अवसर खेर फाल्यो । 

२५ औँ मिनेटमा नेपालका रवी पासवानको प्रहार पनि फ्रेममा रहन सकेन । उनले डिबक्स भित्रबाट गरेको प्रहार पोष्टमाथिबाट बाहिरीयो । २६ औँ मिनेटमा अञ्जन विष्टको प्रहारपनि फ्रेममा रहेन । २७ औँ मिनेटमा बंगलादेशका मानिक मुल्लाले डिबक्स बाहिरबाट गरेको शसक्त प्रहारलाई किरण चेम्जोङले बचाए । 

३१ औँ मिनेटमा बंगलादेशले अर्को मौकाको सिर्जना गरेको थियो । उसका साजन सडिनको क्रसमा डिबक्स भित्रबाट जिबानको प्रहार पोष्टका नजिकैबाट बाहिरीयो । ३९ औँ मिनेटमा अञ्जन विष्टले डिबक्समा पाएको मौकालाई आत्मसाथ गर्न सकेनन् । उनको फितलो प्रहारलाई बंगलादेशी गोलकिपरले बचाए । 

५६ औँ मिनेटमा नेपालका रवी पासपानले डिबक्समा पाएको राम्रो मौकालाई सदुपयोग गर्न सकेनन् । जसका कारण नेपालले राम्रो अवसरलाई खेर फाल्यो । 

७२ औँ मिनेटमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका भरत खवासले डिबक्समा गरेको हेडको प्रयासपनि फ्रेम बाहिर रह्यो । खेलमा फर्कनका लागि नेपालले बारम्बार प्रयास गर्दापनि पाएका मौकाको सदुपयोग गर्न सकेन । 
७७ औँ मिनेटमा बंगलादेशका कप्तान टोबुको उत्कृष्ट फ्रिकिकलाई नेपाली गोलकिपर तथा कप्तान किरण चेम्जोङले बचाए । डिबक्स नजिकैबाट गरेका प्रहारलाई किरणले उत्कृष्ट तरिकाले बचाए । 

७८ औँ मिनेटमा विकाश खवासको थ्रो बलमा अनन्त तामाङको हेडरलाई बंगलादेशी गोलकिपरले बचाए । 
तर खेलको ८० औँ मिनेटमा नेपालको डिफेन्सको कमजोरीका कारण दोस्रो गोल खायो । काउन्टर अट्याकमा बंगलादेशका महाबुबुर रहमानले उत्कृष्ट गोल गर्न सफल भए । 

त्यसपछि नेपाल खेलमा फर्कन सकेन र दुई शून्यले पराजित भयो । बंगलादेशविरुद्ध नेपालले पछिल्ला तीन खेलमा पहिलो हार ब्यहोरेको हो । आजको खेलमा नेपाली खेलाडीमा फिटनेसको पनि समस्या देखियो । मिडफिल्डर विक्रम लामा चोटका कारण बाहिरीएपछि नेपाललाई दबाव बढेको थियो ।


कस्तो लाग्यो ?

यो पनि