बैशाख १७, २०८१, सोमबार
               

खेल गतिविधि सञ्चालन गर्न दिने सरकारको तयारी

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले शून्यप्रायः रहेको घरेलु खेलकुद गतिविधि सञ्चालन गर्न दिने तयारी गरेको छ ।

पर्याप्त स्वास्थ्य सुरक्षा सावधानी अपनाएर वैदेशिक खेलको प्रशिक्षण लगायतका घरेलु खेलकुद गतिविधि सञ्चालन गर्न दिने गरी मन्त्रिपरिषद्को सोमबारको बैठकमा छलफल भएको थियो ।

सोमबारको बैठकमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गरेको प्रस्तावमा प्रधानमन्त्री लगायत सबै मन्त्रीहरू सहमत रहेको मन्त्रालय श्रोतले जानकारी दिएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि चैत ११ गतेदेखि लागू गरिएको देशव्यापी लकडाउनयता नेपालमा घरेलु खेलकुद गतिविधि ठप्प छ ।

अन्तर्राष्ट्रिय क्यालेन्डर नजिक आइरहेका खेलहरूको प्रशिक्षण सुरु गराउनुपर्ने दबाबका बीच राष्ट्रिय खेलकुद परिषद्ले केही खेलको प्रशिक्षण सञ्चालन अनुमति प्रदान गरे पनि सरकारले आधिकारिक रूपमा खेल गतिविधि रोकिरहेको थियो ।


कस्तो लाग्यो ?

यो पनि