जेठ ०४, २०८१, शुक्रबार
               

म्यानचेस्टर युनाइटेडकाे शानदार जित

नेपाल फ्ल्यास
कात्तिक २२, २०७७

ADVERTISEMENT

इंग्लिस प्रिमियर लिगमा सिजनको सुरुवातमा उत्कृष्ट सुरुवात गरेको एभर्टनले लगातार तेस्रो हार व्यहोरेको छ । शनिबार भएको खेलमा एभर्टन म्यानचेस्टर युनाइटेडसँग ३-१ ले पराजित भयो ।

यसअघि साउथह्याम्टन र न्यूक्यासलसँग पराजित भएको एभर्टन म्यानचेस्टर युनाइटेडसँग घरेलु मैदानमा पराजित भयो । युनाइटेडकाे जितमा ब्रुनाे फर्नान्डेसले २ गाेल गरे । त्यसो त एभर्टनले एक गोलको अग्रता जोगाउन सकेन । खेलको १९ औं मिनेटमा बेर्नार्डले गोल गर्दै घरेलु टिम एभर्टनलाई अग्रता दिलाएका थिए ।

तर त्यसपछि उसले लगातार दुई गोल खायो । खेलको २५ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै खेल बराबरी गर्न सफल भए ।

त्यसपछि ३२ औं मिनेटमा बु्रनोको ब्यक्तिगत दोस्रो गोलका कारण युनाइटेडले अन्तर २-१ मा पुर्यायो । पहिलो हाफमा एक गोलले अगाडि रहेको युनाइटेडविरुद्ध ६० औं मिनेटमा युनाइटेले पेनाल्टीको अपिल गरेको थियो । तर त्यो अपिललाई रेफ्रिले भिएआरको सहायताबाट अस्विकार गर्यो ।

६३ औं मिनेटमा एभर्टनका लुकास डिग्नीलाई हेरी मगुइराले डिबक्समा लडाएपछि घरेलु टिमले पेनाल्टीको अपिल गरेको थियो । तर त्यसलाई पनि भिएआरको सहायतामा दिइएन ।

एक गोलले पछि परेको एभर्टनले खेलमा फर्कन अन्तिमतिर दबाव दिएको थियो । तर उसको प्रयासलाई युनाइटेडले विफल बनाइदियो । खेलकाे इन्जुरी समयमा युनाइटेडले तेस्राे गाेल गर्याे । यसपटक उसका लागि इडिन्सन काभानीले गाेल गरे । प्रिमियर लिगमा काभानीकाे याे पहिलाे गाेल हाे । त्यसपछि एभर्टन खेलमा फर्कन सकेन र ओले गुनरको टिम युनाइटेड तीन अंक जोड्न सफल भयो ।

युनाइटेडको पछिल्ला पाँच खेलमा यो तेस्रो जित हो । यसअघि प्रिमियर लिगमा उसले चेल्सीसँग बराबरी खेल्दा आर्सनलसँग एक शुन्यले पराजित भएको थियो । यो जितपछि युनाइटेडले सात खेलमा १० अंक बनाएको छ ।

यता हारपछि एभर्टनले लिगको शीर्ष स्थानमा फर्किने मौका खेर फालेको छ । यसका साथै यो हारले एभर्टनको यात्रामा ठूलो धक्का पनि लागेको छ । उसले यो सिजनमा बलिया टिमविरुद्ध जित निकाल्न सकेको छैन ।


कस्तो लाग्यो ?

यो पनि