जेठ ०३, २०८१, बिहीबार
               

क्यानद्वारा खेलाडीको वर्गीकरण

नेपाल फ्ल्यास
कात्तिक २२, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्रयाक्टमा परेका राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गरेको छ ।

यसअघि गरेको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि क्यानको शनिबार बसेको बैठकले पुन: वर्गीकरण गरेको हो । क्यानको बोर्ड बैठकले सो वर्गीकरण खेलाडी वर्गीकरण छनोट समितिले तयार गरेको नयाँ वर्गीकरणअनुसार सर्वसम्मत पारित गरेको हो । 

वर्गीकरणमा यसअघि बीमा राखिएका बलर सोमपाल कामी 'ए' श्रेणीमा परेका छन् । त्यसैगरी, यसअघि 'सी' मा रहेका अविनास बोहरालाई 'बी' मा राखिएको छ भने यसअघि कन्ट्रयाक्टमा नपरेका ललित नारायण राजवंशीलाई 'बी' र सन्दीप जोहरालाई 'सी' मा राखिएको छ ।

महिलातर्फ सरस्वती चौधरीलाई 'बी' तथा ममता चौधरी र सुमन खतिवडालाई 'सी' श्रेणीमा राखिएको छ ।

यसअघि गत असोज ६ गते चितवनको भरतपुरमा बसेको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरण तयार गरेको थियो । नयाँ वर्गीकरण अनुसार पुरुषतर्फ २० र महिलातर्फ २२ खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा परेका छन् ।क्यानले यस पटकको कन्ट्रयाक्ट सम्झौता ६ महिनाको हुने जनाएको छ । सम्झौता २०२० को जनवरी १ बाट लागु भएको जनाएको छ ।

पुरुषतर्फ 'ए' श्रेणीको खेलाडीले ५० हजार, 'बी' श्रेणीको खेलाडीले ४० हजार र 'सी' श्रेणीको खेलाडीले मासिक ३० हजारको दरले तलब पाउने छन् । महिलातर्फ 'ए' श्रेणीका खेलाडीले १५ हजार, 'बी' ले १२ र 'सी' श्रेणीका खेलाडीले १० हजार मासिक पाउने छन् ।

सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने खेलाडीको सूची -

पुरुष -

'ए' श्रेणी : पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी,दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी,

'बी' श्रेणी: सुसन भारी, आरिफ शेख, पवन सर्राफ, अविनास बोहरा

'सी' श्रेणी: सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, ललित राजवंशी, सन्दीप जोहरा

महिला -

'ए' श्रेणी: रुबिना क्षेत्रि, नेरी थापा, इन्दु बर्मा,सिता राना मगर, करुणा भण्डारी

'बी' श्रेणी: ज्योति पाण्डे, अप्सरी बेगम,रोमा थापा, बिन्दु रावल, कविता जोशी, ऋतु कजौनिया,काजल श्रेष्ठ, सरिता मगर, सरस्वती चौधरी

'सी' श्रेणी: कविता कुँवर,डोली भट्ट,अनुराधा चौधरी, सोनु खड्का,अञ्जली चन्द, सोभा आले, सुमन खतिवडा, ममता चौधरी


कस्तो लाग्यो ?

यो पनि