जेठ ०४, २०८१, शुक्रबार
               

पिएसजी र म्यानचेस्टर युनाइटेड स्तब्ध

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) स्तब्ध भएको छ ।

समूह एच अन्तर्गत भएको खेलमा ९ खेलाडीमा सीमित भएको पिएसजीलाई आरबी लेइप्जिगले २–१ ले पराजित गरेको हो । सुरुको छैटौँ मिनेटमा नै एन्जल डी मारियाले गोल गरि पिएसजीलाई सुरुवाति अग्रता दिलाएका थिए ।

तर सो अग्रता कायम हुन सकेन । ४१ औँ मिनेटमा एनकुन्कुले आरबीका लागि बराबरी गोल गरे । ५७ औँ मिनेटमा पाएको पेनाल्टीमा फोर्स्बर्गले गोल गरि आरबीलाई जितको मार्ग देखाए ।

६९ औँ मिनेटमा गुआइ र इन्जुरी समयको पाँचौँ मिनेटमा किम्पेम्बे दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पिएसजी ९ खेलाडीमा सीमित भयो ।

पराजित भएको पिएसजी तीन अंकसहित तेस्रो स्थानमा रहेको छ । जित निकालेको आरबी ६ अंकसहित दोस्रो स्थानमा पुगेको छ ।

सोही समूह अन्तर्गत भएको अर्को खेलमा स्थानबुल बासाक्सेहिरसँग २–१ ले पराजित भएको म्यानचेस्टर युनाइटेड ६ अंकसहित पहिलो स्थानमा कायम रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि