जेठ ०३, २०८१, बिहीबार
               

बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न जाने टोलीकाे बिदाई

नेपाल फ्ल्यास
कात्तिक १९, २०७७

ADVERTISEMENT

बङ्गलादेशसँगकाे दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टिमकाे घाेषणा गरिएकाे छ । बालगोपाल महर्जन घाेषणा गरेकाे टिमकाे कप्तानी किरण चेम्जाेङलाई दिइएको छ । नेपाली टोली भाेलि बिहान ढाका प्रस्थान गर्नेछ ।

राष्ट्रिय टोलीमा परेका खेलाडीहरू किरण चेम्जोङ (कप्तान) बिशाल श्रेष्ठ, सुजल श्रेष्ठ, रन्जित धिमाल, सुमन अर्याल, नवयुग श्रेष्ठ, सेशेहाङ आङदाम्बे, जर्ज प्रिन्स कार्की, बिकास खवास, भरत खवास, सरोज दाहाल, सुबास गुरुङ र तेज तामाङ छन ।
यस्तै अजित भण्डारी, रवी पसवान, छिरिङ्ग गुरुङ,  अनन्त तामाङ,  बिक्रम लामा,  दिलेन लोक्तान, अन्जन बिष्ट, पुजन उपरकोटी, बिमल राना, दिप कार्की, एरिक बिष्ट र दर्शन गुरुङ छन ।

नेपालले बङ्गलादेशसँग  ढाकामा यहि नोभेम्बर १३ र १७ तारिखमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ  । टिममा सहायक प्रशिक्षकमा किरण श्रेष्ठ, गाेलकिपर प्रशिक्षकमा विकास मल्ल छन् । ढाका जाने २४ खेलाडी एक ब्यवस्थापक, तीन प्रशिक्षकसहित कुल ३५ जना छन ।


कस्तो लाग्यो ?

यो पनि