बैशाख १८, २०८१, मंगलबार
               

बार्सिलोनाले युभेन्ट्सलाई हरायो

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

ADVERTISEMENT

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्ट्सलाई पराजित गरेकाे छ । बुधबार राति सम्पन्न खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन महारथी युभेन्ट्सलाई २–० ले हराएको हो ।

बार्सिलोनाको जितमा उसमान डेम्बेले र लियोनल मेस्सीले एक एक गोल गरे । खेलको १४ औं मिनेटमा नै बार्सिलोनाले ओस्मान डेम्बेलेको गोलमा अग्रता लिएको थियो । खेलको ८५ औं मिनेटमा युभेन्टस १० खेलाडीमा सिमित भयो । युभेन्टसका डिफेन्डर मरिह डेमीरालले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए । खेलको अन्तिम मिनेटमा बार्सिलोनाले पेनाल्टी प्राप्त गर्यो । फेडेरिको बर्नाडेस्कीले अन्सु फातीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा कप्तान लिओनेल मेस्सीले गोल गर्दै जित सुनिश्चित गरे ।

सोही समूहको अर्को खेलमा डायनामो किभ र फेरेन्किोव्रोसी टीसीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । बार्सिलोना २ खेलमा ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानको युभेन्ट्सको तीन अंक छ ।


कस्तो लाग्यो ?

यो पनि