जेठ ०४, २०८१, शुक्रबार
               

विपक्षीको पोष्टमा आयाक्सको इतिहासकै धेरै गोल

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । डच महारथीले लिग इतिहासकै सबैभन्दा ठूलो जीत हासिल गर्दै भीभीभी भेन्लोलाई पराजित गरेको छ । १० खेलाडीमा सिमित भेन्लोमाथि आयाक्सले १३–० को विशाल जीत हासिल गर्न सफल भएको हो ।

पहिलो हाफमा चार गोल खाएको भेन्लो दोस्रो हाफमा कुम रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भयो ।

आयाक्सले दोस्रो हाफमा ९ गोल गरेको हो । उसका लागि ट्राओरीले पाँच गोल गरे ।  यस्तै एकेलेन्काम्प र हन्टेलारले दुई-दुई तथा टाडिक, सान्तोस, ब्लाइन्ड र मार्तिनेजले एक/एक गोल गरे ।

यसअघि, सन् १९७२ भिटेसेविरुद्ध आयाक्सकै नाममा रहेकाे १२–१ को जीतको कीर्तिमानलाई उछिन्न सफल भएको हो ।


कस्तो लाग्यो ?

यो पनि