जेठ ०४, २०८१, शुक्रबार
               

बार्सिलोनाविरूद्ध रियल मड्रिड विजयी

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७

file
ADVERTISEMENT

एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनामाथि शानदार जित दर्ता गरेकाे छ । क्याम्प नाउमा शनिबार भएको सिजनको पहिलो एल क्लासिकोमा रियलले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

रियललाई जित दिलाउन फेड्रिको भालभर्डे, सर्जियो रामोस र लुका मोड्रिचले एक/एक गोल गरे । बार्सिलोनाका अन्सु फातीले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा फेड्रिकोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, नवौं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलकाे दोस्राे हाफकाे  ६३औं मिनेटमा कप्तान रामोसले पेनाल्टी गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए ।

बार्सिलोनाका लेग्लेटले पेनाल्टी क्षेत्रमा रामोसलाई फउल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो । त्यसपछि खेलको ९०औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ३-१ को सहज जित दिलाए ।

जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि