जेठ ०४, २०८१, शुक्रबार
               

इंग्लिस प्रिमियर लिगमा  लिड्स युनाइटेड विजयी

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएकाे खेलमा लिड्स युनाइटेडले जीत हात पारेको छ ।

प्रतियोगितामा हालसम्म अपराजित रहेको एस्टन भिल्लालाई उसैको मैदानमा ३-० ले हराउँदै लिड्सले तेस्रो जीत हासिल गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको सबै गोल दोस्रो हाफमा सम्भव भएकाे हाे । ५५औं मिनेटमा पहिलो गोल गरेका बामफोर्डले ६७औं र ७४औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरे । 

जीतसँगै ६ खेलबाट १० अंक जोडेको लिड्स अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । हारका बाबजुद एस्टन भिल्ला १२ अंकसहित दोस्रो स्थानमा यथावत् छ ।


कस्तो लाग्यो ?

यो पनि