जेठ ०१, २०८१, मंगलबार
               

क्रिकेट खेलाडी वर्गीकरणमा राखेपले माग्यो स्पष्टीकरण

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यानले २०२० का लागि गरेको खेलाडी वर्गीकरणमा चासो देखाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै राखेपले क्यानलाई खेलाडी वर्गीकरणमा देखिएको समस्याबारे स्पष्टीकरण माग गरेको छ ।

राखेपले नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) र क्रिकेट खेलाडीको निवेदनको सुनुवाइका रुपमा क्यानलाई किन खेलाडीको वर्गिकरणमा परेनन् र किन तलमाथि भए कारणसहित ७ दिनभत्र प्रष्टिकरण पेस गर्न निर्देशन दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)र विभिन्न क्रिकेट खेलाडीले क्यानको वर्गीकरण चित्त बुझ्दो नभएको भनी राखेपमा निवेदन दर्ता गराएको सम्बन्धमा राखेपको गम्भीर ध्यानाकर्षण भएको छ । क्रिकेट खेलाडीहरुको वर्गीकरणको आधार र वर्गिकरणमा नपर्नका कारणसमेत राखेपमा ७ दिन भित्र स्ष्टीकरण पेश गर्न निर्देशन दिइएको व्यहोराको पत्र क्यानका अध्यक्ष र सचिवलाई इमेल मार्फत पठाइएको छ।’

क्यानले भने बिहीबार मात्रै यसअघि गरिएको खेलाडी वर्गिकरण सच्याइने बताइसकेको छ ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको विज्ञप्तीमा राष्ट्रिय टिम वर्गीकरण समितिका संयोजक रोशन सिंहसहितको टिमलाई खेलाडी, प्रशिक्षकहरुसँगको छलफल गरी पुन: वर्गीकरण निर्धारण गर्न निर्देशन दिएको छ ।

क्यानले अब बस्ने बोर्ड बैठक अगाडि नयाँ वर्गीकरण ल्याउन निर्देशन दिएको छ । क्यानले १८ जना पुरुष खेलाडी र १९ जना महिला खेलाडीलाई वर्गीकरणमा समावेश गरेको थियो ।

जसलाई ए, बी र सी श्रेणीमा छुट्याइएको थियो । क्यानले खेलाडीको तलबसमेत निर्धारण गरेको थियो । जसमा पुरुष तर्फ ए, बी र सी तहका खेलाडीले क्रमशः ५० हजार, ४०  हजार र ३० हजार दिने निर्णय गरेको थियो ।

यस्तै, महिला तर्फ ए, बी र सी तहका खेलाडीले क्रमशः १५ हजार, १२ हजार र १० हजार तोकेको थियो ।


कस्तो लाग्यो ?

यो पनि