जेठ ०१, २०८१, मंगलबार
               

रियल म्याड्रिडको संघर्षपूर्ण जित

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

स्पेनिस ला लिगाको नयाँ सिजनमा साविकको विजेता रियल म्याड्रिडले पहिलो जित दर्ता गरेको छ । रियल म्याड्रिडले रियल बेटिसलाई ३–२ को गोलअन्तरले जित दर्ता गरेकाे हाे  ।

रियलको जितमा मिडफिल्डर फेडरिको भाल्भेर्डे र कप्तान सर्जियो रोमोसले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोलीका आइसा मान्डी र विलियम कार्भाल्होले गोल गरे ।

१४औं मिनेटमा फेडरिको भाल्भेर्डेको गोलबाट अग्रता लियो । ३५औं मिनेटमा घरेलु टोलीले खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३७औं मिनेटमा विलियम कार्भाल्होले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । 

४८औं मिनेटमा इमर्सनले आत्मघाती गोल गरेपछि रियल म्याड्रिडले खेललाई २–२ गोलको बराबरीमा ल्याउन सफल भयो । खेलकाे ८०औं मिनेटमा रियल म्याड्रिडले पेनाल्टीको अवसर पायो । पेनाल्टीमा कप्तान रामोस चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा रियल म्याड्रिडले बेटिसमाथि ३–२ को संघर्षपुर्ण जित निकालेकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि