जेठ ०५, २०८१, शनिबार
               

स्पेनिस क्लब बार्सिलोना जोआन गाम्पर उपाधि हत पार्न सफल

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

स्पेनिस क्लब बार्सिलोना जोआन गाम्पर ट्रफीको उपाधि हत पार्न सफल भएको छ । प्रि-सिजनको खेलअन्तर्गत शनिबार राति भएको खेलमा एल्चेलाई १-० गोलले पराजित गर्दै बार्सिलोनाले सो उपाधि हात पारेको हो । 

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन एन्टोनियो ग्रिजम्यानले निर्णायक गोल गरेका थिए । उनले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए ।

आठौंपटक जोआन गाम्पर ट्रफी जित्ने क्रममा क्लबका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले मुख्य खेलाडीहरुलाई मैदान उतारेका थिए । बार्सिलोनाले ला लिगामा खेल्नुअघि यो उपाधिबाट सिजनको सुरुवात गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि