चैत १५, २०८०, बिहीबार
               

मेस्सी प्रशिक्षणमा फर्किए

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

एजेन्सी । बार्सिलोनामै बस्ने निधोमा पुगेका कप्तान लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् ।

एक सिजन बार्सिलोनामै बस्ने निर्णय गरेका मेस्सी सोमबारबाट प्रशिक्षणमा सहभागी भएका हुन् । कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी नियमित अभ्यासमा फर्केका हुन् ।

यसअघि उनी क्लबको प्रशिक्षणमा सामेल भएका थिएनन् । मेस्सीले बार्सिलोनालाई पत्र लेख्दै आफूले क्लब छाड्ने बताएका थिए । मेस्सीले नि:शुल्क क्लब छाड्न दिन बार्सिलोना समक्ष अनुरोध गरेका थिए ।

तर, बार्सिलोनाले मेस्सीको रिलिजमा ७ सय मिलियन युरो तोकेपछि मेस्सी क्लब छाड्ने विषयमा पछि हटेका थिए । कीर्तिमानी ६ पटकको बालोन डी’ओर विजेता मेस्सी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलेको थियो ।


कस्तो लाग्यो ?

यो पनि