मंसिर ०७, २०८१, शुक्रबार
               

चेन्‍नई सुपर किंग्सका १० सदस्यमा कोरोना

नेपाल फ्ल्यास
भदौ १२, २०७७

ADVERTISEMENT

इन्डियन प्रिमियर लिग (आइपिएल) मा सहभागिता जनाउन संयुक्त अरब इमिरेट्स (यूएई) पुगेको चेन्नई सुपर किंग्सको एक खेलाडीसहित १० सदस्यमा कोरोना संक्रमण देखिएकाे छ ।

अब चेन्‍नाईको प्रशिक्षण दुबईमा सेप्टेम्बर १ मा मात्र सुरु हुनेछ । निर्धारित तालिकाअनुसार चेन्‍नाईको प्रशिक्षण शुक्रबार सुरु हुँदै थियो । भारतमा कोरोनाको महामारी नरोकिएपछि आईपीएललाई दुबईमा खेलाउने निर्णय गरिएको थियो । सेप्टेम्बर १९ देखि सुरु हुने आईपीएलको नयाँ सिजनको खेल तालिका अझै प्रकाशित भएको छैन ।

स्रोतका अनुसार बिहीबार गरिएको तेस्रो परिक्षणको नतिजामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै चेन्नईको सबै खेलाडी र टोली सदस्य क्वारेन्टाइनमा बस्ने भएका छन् । अब सबै सदस्यको नतिजा नेगेटिभ नआउँदासम्म टोली प्रशिक्षणमा सहभागी हुन पाउने छैन । 

आईपीएलको नियमअनुसार ज-जसमा कोरोना संक्रमण देखिएको छ उनीहरुले कम्तीमा दुई साता क्वारेन्टाइनमा रहनु पर्नेछ र टिमका अन्य सदस्यसँग जोडिनुअघि थप दुई परीक्षण गर्नु पर्नेछ । यूएईमा भएको परीक्षणपछि चेन्‍नाईको १० सदस्यीय टोलीमा कोरोना संक्रमण देखिएको हो । 

यूएईमा पुगेपछि एयरपोर्टमा पहिलो परीक्षण, त्यसपछि ६ दिने आईसोलेसनको पहिलो, तेस्रो र छैटौं दिन परिक्षण गर्नु पर्ने प्रावधान छ । यी सबै परीक्षण पार गरेपछि मात्र प्रशिक्षण सुरु गर्न पाउँछ । 

चेन्‍नाईमा ६ दिने कन्डिसनिङ क्याम्पपछि सुपर किंग्सको भारतीय प्रतिनिधि सम्मिलित टोली अगस्ट २१ मा यूएई पुगेको थियो । 

चेन्नईको टोलीमा कोरोना संक्रमण देखिंदा अन्य केहि टोलीले भने प्रशिक्षण सुरु गरेका छन् । रोयल च्यालेन्जर्स बेंगलोर, किंग्स इलेभेन पन्जाब र राजस्थान रोयल्सले प्रशिक्षण गर्न थालेका छन् । 


कस्तो लाग्यो ?

यो पनि