जर्मन क्लब बायर्न म्युनिखले एइएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।
पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो ।
लिस्बनमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा बायर्नका लागि किङ्ग्सले कोमनले गरेको गोल निर्णायक सावित भयो । पहिलो हाफमा पीएसजीले तुलनात्मक रुपमा बढी अवसर प्राप्त गरेपनि त्यसलाई सदुपयोग गर्न सकेन ।
दोस्रो हाफमा बायर्नले आक्रमणमा केही बढावा दिँदै गोल निकाल्न सफल भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले निर्णायक गोल गरेका हुन् । उनले जोसुवा किमिचको पासमा हेड गोल गरेका थिए ।
यस जितसँगै बायर्नले छैटौं पटक च्याम्पियन्स लिगकाे उपाधि जित्यो चजे पहिलो पटक फाइनल पुगेको पीएसजी भने उपाधिबाट बन्चित हुन पुग्यो ।