जेठ ०५, २०८१, शनिबार
               

बार्सिलोनाको मुख्य प्रशिक्षकमा अब कोइम्यान

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाको नयाँ प्रशिक्षकमा रोनाल्ड कोइम्यान नियुक्त भएका छन् ।

बुधबार बार्सिलोनाले कोइम्यानसँग २०२२ जुन ३० सम्मका लागि सम्झौता गरेको जनाएको छ । गएको जनवरीमा प्रशिक्षक नियुक्त भएका क्वीकी सेटिनलाई बार्सिलोनाले बर्खास्त गरेपछि कोइम्यान क्लबमा भित्रिएका हुन् ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलमा जर्मन क्लबसँग ८-२ को लज्जास्पद हार व्यहोरेपछि क्लबको पहिलो बर्खास्तीमा मुख्य प्रशिक्षक सेटिन परेका हुन् ।

उनको कार्यकालमा बार्साले स्पेनिस लिगमा समेत नराम्रो हार व्यहोर्नुपरेको थियो । कोइम्यानले नेदरल्यान्डको राष्ट्रिय टोलीमा प्रशिक्षकको भूमिका निभाइसकेका छन् । ५७ वर्षीय उनले २ वर्षको नेदरल्यान्डससँगको सम्झौता सकिएपछि बार्सासँग आबद्ध भएका हुन् ।

बार्सिलोनाबाट सन् १९८९ र १९९५ मा खेलेका उनी अहिले मुख्य प्रशिक्षकको भूमिकामा स्पेन फर्किएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि