जेठ ०३, २०८१, बिहीबार
               

पीएसजी च्याम्पियन्स लिगको फाइनल प्रवेश

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

यूईएफए च्याम्पियन्स लिगकाे पहिलो सेमिफाइनल खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबले आरबी लाइप्जिगमाथि ३-० को जित दर्ता गर्दै यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

पीएसजीको जितमा मार्किन्हस, एन्जल डी मारिया र जुआन बर्नाटले १/१ गोल गरे । खेलको १३ औं मिनेटमा पीएसजीले मार्किन्हसको गोलमा अग्रता लियो । एन्जल डी मारियाले मैदानको बायाँ भागबाट झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारलाई मार्किन्हसले हेडरमार्फत गोल गरेका थिए । खेलको ४२ औं मिनेटमा पीएसजीले डी मारियाको गोलमा अग्रता दोब्बर पार्‍यो ।

दोस्रो हाफको ५६ औं मिनेटमा पीएसजीले जुआन बर्नाटको गोलसँगै ३-० को अग्रता लियो । मुकिएलेले बायाँ कर्नरमा बल फुस्काएपछि डी मारियाकाे क्रसमा बर्नाटले गोल गरेका हुन् । 

यो जितसँगै पीएसजीले फाइनल प्रवेश ग‍‍र्दै बुधबार हुने बायर्न म्युनिख र लियोनबीचकाे विजेतासँग फाइनलमा भेट पक्का गरेकाे हाे ।

यो पनि