जेठ ०५, २०८१, शनिबार
               

८-२ को हारपछि बोले पिके- 'क्लब छाड्ने पहिलो खेलाडी म हुनेछु'

एजेन्सी
साउन ३१, २०७७

ADVERTISEMENT

शुक्रबार राति बार्यन म्युनिखसँग ८–२ गोल अन्तरको लज्जास्पद हारसँगै फुटबल क्लब बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

क्वाटर फाइनलको लज्जास्पद हारसँगै बार्सिलोनाका डिफेन्डर जिरार्ड पिकेले आफ्नो टोलीको हार स्वीकार गर्दै विभिन्न प्रतिक्रिया व्यक्त गरेका छन् ।

बार्यनसँगको खेल भयानक रहेको बताउँदै उनले यस्तो खराब तरिकाले प्रतिस्पर्धा गर्न नसकिने बताएका छन् ।

बार्सिलोना यस्तो अवस्थाबाट धेरैपटक गुज्रिएकोले यस विषयमा सबैले आत्मलोचना गर्नुपर्ने उनले बताए ।

‘क्लबमा परिवर्तनको आवश्यकता छ। मैले प्रशिक्षक र खेलाडीको कुरा गरिरहेको छैन । म कसैलाई दोष दिन चाहन्न’ उनले भने, ‘क्लबमा सबै किसिमको परिवर्तन आवश्यक छ किनभने हामीले यस्तो अवस्था धेरैपटक भोगेका छौं ।’

पिकेले क्लबमा परिवर्तनको खाँचो औल्याउँदै क्लबबाट बाहिरिने पहिलो खेलाडी आफू हुने समेत बताएका छन् ।

उनले भने, ‘हामीले क्लबको हितको लागि सोच्नुपर्छ। नयाँ खेलाडी परिवर्तन गरिनुपर्ने भए पहिलो व्यक्ति म हुनेछु जसले क्लब छाड्नेछ।’

यो पनि