जेठ ०५, २०८१, शनिबार
               

फुटबल च्याम्पियन्स लिगबाटै बाहिरियो बार्सिलोना

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

एजेन्सी  । बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ । स्पेनिस क्लब बार्सिलोना जारी सिजनको च्याम्पियन्स लिगबाटै बाहिरिएको हो । गएराती भएको सो खेलमा जर्मन क्लब बार्यन म्युनिखसँग ८–२ को लज्जास्पद हार ब्यहोरेसँगै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको छ ।

च्याम्पियन्स लिग युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता थियो । उक्त प्रतियोगितामा बार्सिलोनालाई जहिले पनि उपाधिको दाबेदारको मानिँदै आइएको थियो ।  बार्यनलाई जीत दिलाउने क्रममा बार्साको पोष्टमा थोमस मुलर र फिलिप कौटिन्होले समान दुई–दुई गोल गरेका थिए । खेलको चौथो मिनेटमा नै मुलरले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए ।

सातौँ मिनेटमा बार्यनका डबिड अलाबाले गोल गरेपछि बार्सिलोना बराबरीमा पुगेको थियो । तर, २२ औँ मिनेटमा इभान पेरिसिक, २८औं मिनेटमौ सर्ज ग्रन्बी र ३१ औं मिनेटमा मुलरले दोस्रो गोल गरेपछि बार्सा ४–१ ले पछाडि परेको थियो । दोस्रो हाफ सुरु भएपछि खेलको ६३ औँ मिनेटमा जोसुवा किमिचले बार्यनका लागि फेरि गोल थपे ।

८२ औँ मिनेटमा रोबन लेवानडोस्की र ८५ र ८९ औँ मिनेटमा फिलिपे कौटिन्होले बार्साको पोष्टमा गोल गरे ।  बार्सिलोनाका लागि लुइस स्वारेजले ५७ औँ मिनेटमा दोस्रो गोल गरेका थिए । पछिल्लो जीतसँगै बार्यन म्युनिखले अन्तिम चारमा स्थान पक्का गरेको छ। लियोन र म्यानचेष्टर सिटीबीचको प्रतिस्पर्धाका विजेतासँग बार्यनले सेमिफाइनलमा प्रतिष्पर्धा गर्ने भएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि