मंसिर ०७, २०८१, शुक्रबार
               

भदौ १ गतेदेखि खेलकुद प्रशिक्षणको अनुमति

रासस
साउन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि आगामी भदौ १ गतेदेखि प्रशिक्षण गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले भदौ १ गतेदेखि नै प्रतियोगिताको तयारीका लागि विभिन्न किसिमका अभ्यास गर्न पाइने निर्णय सुनाए ।

समूहमा खेलिने घरेलु खेलकुद प्रतियोगिताका साथै खेलमैदानमा गरिने अन्य कार्यक्रम भने गर्न नपाइने उनले उल्लेख गरे । यसबारे सरकारले अर्को बैठकमा निर्णय गर्नेछ ।

कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैत पहिलो सातादेखि नै खेलकुद प्रतियोगिता आयोजना गर्न रोक लगाइएको थियो ।

उक्त अवधिमा खेलको सबै अभ्याससमेत बन्द गरिएको थियो । खेलाडी तथा प्रशिक्षक सरकारको अनुमति पर्खेर बसिरहेका थिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि