जेठ ०२, २०८१, बुधबार
               

स्पेनिस ला लिगा फुटबलः रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

काठमाडौं । स्पेनिस ला लिगा फुटबल खेलमा रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा प्रवेश गरेको छ । आइतबार राति भएको उक्त खेलमा तालिकाको अन्तीममा भएको इस्पानियोलमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै शीर्ष स्थानमा प्रवेश गरेको छ ।

सो खेलमा  निकालेको उक्त जितसँगै रियल मड्रिडले बार्सिलोनासँग २ अंकको दुरी कायम गरेको हो । इस्पानियोलविरुद्धको सो खेलमा रियाल मड्रिडलाई विजयी गराउन ब्राजिलियन खेलाडी कासेमिरोले निर्णायक गोल गरेका थिए ।

जितपछि रियाल मड्रिडको ३२ खेलबाट ७१ अंक भएको छ । दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ६९ अंक रहेको छ । उक्त ६ खेल मात्रै बाँकी रहेको बेला रियाल मड्रिडले सदाबहार प्रतिद्धन्दी बार्सिलोनासँग महत्वपूर्ण अग्रता लिएको छ ।

रियाल मड्रिड सन् २०१२ यता पहिलो पटक ला लिगाको उपाधि होडमा छ । गएराति नै भएका अन्य खेलमा लेभान्तेले रियल बेटिसलाई ४–२ ले हरायो भने भ्यालेन्सिया भिल्लारियलसँग २–० ले पराजित भयो। यस्तै इबरले ग्रानाडालाई २–१ले हराएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि