जेठ ०२, २०८१, बुधबार
               

रोकिएको फुटबल सिरी ए आजदेखि हुँदै

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

रोकिएको इटालीको शीर्ष डिभिजनको लिग इटालियन सिरी ‘ए’ फुटबल आजदेखि हुँदैछ । 

सिरी ‘ए’ को पहिलो दिन दुई खेल हुँदैछ । टोरिनो र पार्माबीच राति ११ः१५ बजे तथा हेलास भेरोना र काग्लिएरीबीच राति १ः३० बजे प्रतिस्पर्धा हुँदैछ । घरेलु टोली टोरिनो पार्मालाई पराजित गर्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । टोरिनो २७ अंक जोडेर १५औं स्थानमा रहँदा पार्मा ३५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

अर्काे खेलमा अंक तालिको आठौं स्थानमा रहेको हेलास भेरोनाले घरेलु मैदानमा काल्गिएरीसँग प्रतिष्पर्धा गर्दैछ । घरेलु मैदानमा जित हात पार्न सके भेरोना सातौ स्थानमा उक्लने छ । ३२ अंक जोडेर १२औं स्थानमा रहेको काल्गिएरीले भेरोनालाई पराजित गर्न सके १०औं स्थानमा उक्लनेछ । हार या बराबरीले सोही स्थानमा रहनेछ ।

सिरी ‘ए’ मा युभेन्टस ६३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । 

यो पनि