बैशाख २१, २०८१, शुक्रबार
               

बुन्डेसलिगाको उपाधि बार्यन म्युनिखलाई लगभग पक्का

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

जर्मन बुन्डेसलिगाको उपाधि बार्यन म्युनिखले लगभग पक्का गरेको छ । गएराति भएको खेलमा उपाधिको होडमा रहेको बोरुसिया डर्टमुण्डलाई एक शून्यले हराउँदै बार्यनले लगातार आठौँ पटक बुन्डेसलिगाको उपाधि लगभग पक्का गरेको हो ।

बार्यनले डर्टमुण्डलाई उसकै मैदानमा पराजित गर्न सफल भयो । यसका साथै उसले डर्टमुण्डसँग यसअघि ब्यहोरेको हारको बदला पनि लिएको छ । दर्शक विना भए पनि खेल भने निकै रोमाञ्चक बनेको थियो ।

घरेलु मैदानमा दुवै टिमले पहिलो हाफमा आक्रामक खेल खेलेका थिए । जसमा सुरुवातमा नै युवा खेलाडी एर्लीङ हालान्डको प्रहारलाई बार्यनका डिफेन्डरले गोल लाइनबाट बचाएका थिए । त्यसपछि डर्टमुण्डका हालाण्डले फेरी अर्का मौकालाई सदुपयोग गर्न सकेनन् ।

१९ औँ मिनेटमा बार्यनका सर्ज जिनाब्रीलेस पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । उनको प्रहारलाई डर्टमुण्डका डिफेन्डरले गोल लाइनबाट बचाए ।

खेलको ४३ औँ मिनेटमा पाहुना टिम बार्यनले अग्रता बनायो । उसका लागि किमिचले गोल गर्न सफल भए । उनले डर्टमुण्डका गोलरक्षक पोजिसनमा नभएको फाइदा उठाउँदै गोल गरे । त्यसपछि खेलाडीले गोलको खुसी मनाउँदा सामाजिक दुरीको ख्याल भने गरेनन् ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्यनले दोस्रो हाफमा पनि दुई वटा मौका पाउँदा एक पटक थोमस मुलर र एक पटक रोबर्ट लेवान्दोस्की चुके । यता डर्टमुण्डका हालान्डले पनि दुई वटा सुन्दर मौका पाएका थिए । तर सफल भएनन् । ४९ औँ मिनेटमा हालाण्डले पाएको मौकालाई नुयरले सहजै बचाए ।

त्यसपछि ७१ औँ मिनेटमा सान्चोले मिलाएको बलमा हालाण्डले नै मौका खेर फाले । पुरै खेलमा बार्यनले चार वटा सट प्रहार गरेको थियो भने डर्टमुण्डले दुई सट फ्रेममा पार्न सकेको थियो । ८३ औँ मिनेटमा रोबेर्ट लेवान्दोस्कीको सशक्त प्रहार पोस्टको निकै नजिकबाट बाहिरिँदा बार्यनले अन्तर दुई शून्यमा पुर्‍याउने मौका गुमायो ।

यो जितपछि बार्यनले डर्टमुण्डसँग सात अङ्कको अग्रता बनाएको छ । उसको ६४ अङ्क भएको छ । डर्टमुण्डको ५७ अङ्क छ । अब डर्टमुण्डलाई उपाधि जित्नका उसले बाँकी सबै खेल जितेर बार्यनले कम्तीमा तीन खेल हार्नुपर्नेछ । त्यो भनेको लिगमा बाँकी रहेका ६ खेलमा बार्यनले तीन खेल हार्नुपर्नेछ भने डर्टमुण्डले सबै खेल जित्नुपर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि