कात्तिक ०९, २०८१, शुक्रबार
               

कोरोना संक्रमण बढेपछि आइपिएल पनि रद्द !

एजेन्सी
फागुन ३०, २०७६

ADVERTISEMENT

२९ मार्चदेखि सुरु हुने भनिएको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिता दिल्लीमा नहुने भएको छ । दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोदियाले यसबारे प्रस्ट्याएका हुन् । साथै दिल्ली सरकारले बढी भिडभाड हुने ठाउँमा नजानसमेत सबैमा अनुरोध गरेको छ । 

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण दिल्ली सरकारले यो निर्णय लिएको बताइएको छ । उसले भनेको छ, ‘दिल्लीमा यो वर्ष आइपिएलका कुनै पनि खेल खेलाइने छैन, साथै यसखाले कुनै पनि ठूला प्रतियोगितासमेत आयोजना नगरिने र गरिएका कार्यक्रम पनि रद्द गरिने छ ।’ 

साथै सरकारले एकै स्थानमा हजारौंको संख्यामा भीडभाड नबढाउन पनि अनुरोध गरेको छ । 
दिल्लीका उपमुख्यमन्त्री सिसोदियाले राजधानीमा कुनै प्रकारका सेमिनार र कार्यक्रम आयोजना नगर्न आफूले निर्देशन दिइसकेको बताएका छन् । तय भएका सामूहिक कार्यक्रममा पनि रोक लगाइएको जानकारी दिए । यसबारे दिल्लीका सबै जिल्ला अधिकारीलाई पनि आफूले निर्देशन दिएको उनले बताएका छन् । 

यसअघि महाराष्ट्रका स्वास्थ्यमन्त्रीले समेत आइपिएल खेल रोक्नुको कुनै विकल्प नभएको बताएका थिए । दिल्लीमा २९ मार्चबाट आइपिएल हुने तय भएको थियो । 

भोलि शनिबार (१४ मार्च) मा भारतीय क्रिकेट बोर्ड बिसिसिआईको बैठक बस्ने र खेलबारे  निर्णय लिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो पनि