कात्तिक ०९, २०८१, शुक्रबार
               

रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीचको खेल रद्द

एजेन्सी
फागुन ३०, २०७६

ADVERTISEMENT

स्पेनिस क्लब रियल म्याड्रिडका सबै खेलाडी क्वारेन्टाइनमा बस्ने भएपछि युइएफए च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वाटरफाइनलमा म्यानचेस्टर सिटीसँगको खेल नहुने भएको छ ।

इंग्लिस क्लब सिटीसँग रियलले पहिलो लेगमा १–२ गोलअन्तरले हार बेहोरेको थियो । दोस्रो लेग सिटीको मैदानमा मंगलबार रातिको लागि तय भएको थियो । 

रियलका बास्केटबल खेलाडीमा कोरोना संक्रमण देखिएपछि फुटबल टोलीलाई पनि करिब दुई साता आइसोलेसन वार्डमा राखिँदैछ ।रियलकै खेलाडीहरु आइसोलेसन वार्डमा रहने भएपछि स्पेनिस ला लिगा आयोजकले स्पेनिस ला लिगाको आगमी दुई चरणको खेल पनि स्थगित गरिसकेको छ ।

यस्तै युभेन्ट्स र लियोनबीचको दोस्रो लेग खेल समेत स्थगित भएको छ । दोस्रो लेग खेल मार्च १७ मा युभेन्ट्सको मैदानमा हुने तालिका रहेको थियो । पहिलो लेगमा युभेन्ट्स १–० ले पछि रहेको छ ।

यो पनि