बैशाख २२, २०८१, शनिबार
               

आर्सनलका प्रशिक्षकलाई पनि कोरोनाभाइरस संक्रमण

एजेन्सी
फागुन ३०, २०७६

ADVERTISEMENT

एजेन्सी । फुटबल क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटालाई कोरोना भाईरसको संक्रमण भएको छ ।

उनको स्वास्थ्य चेक जाँचको क्रममा प्रशिक्षक अर्टेटालाई कोरोनाको पोजेटिभ लक्षण देखिएको हो ।

अर्टेटामा देखिएको लक्षणसंगै शनिबार हुने आर्सनल र ब्राईटोनबीचको खेल स्थगित गरिएको छ ।

आर्सनलले पछिल्लो अवस्थामा अभ्यास सत्र बन्द गरेको छ । 

विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न प्रियिमर लिगले समेत क्लबहरुको आकस्मिक बैठक बोलाएको छ । 

बैठकले प्रिमियर लिग क्लबको नयाँ तालिकाको बिषयमा निर्णय लिनेछ ।

'निकै गलेको महशुश भएपछि मैले परिक्षण गरेको थिएँ ।' ३७ वर्षीया प्रशिक्षक अर्टेटाले भने, 'जति सक्दो चाँडो काममा फर्कनेछु ।'

कोरोनाकै कारण बुधबारका लागि तय आर्सनल र म्यान्चेष्टर सिटीबीचको खेल स्थगित भएको थियो । 

बेलायतमा फैलदो कोरोनाको संक्रमणले प्रिमियर लिग क्लबका खेलाडी र अफिसियललाई समेत प्रभावित पारेको छ ।

बिहीबार मात्र लेस्टर सिटीका तीन खेलाडीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि