बैशाख १५, २०८१, शनिबार
               

मेसीविरुद्ध खनिए अर्जेन्टिनाकै पूर्व गोलकिपर

एजेन्सी
फागुन २४, २०७६

ADVERTISEMENT

अर्जेन्टिनाका पूर्व गोलकिपर हुगो गाट्टी लियोनल मेसीविरुद्ध खनिएका छन् । मेसी अब अन्य खेलाडीभन्दा फरक नरहेको उनको टिप्पणी छ । 
मेसीको सुस्त खेलका कारण टिमकै खेल ध्वस्त भएको उनले आरोप लगाए ।

७५ वर्षीय गाट्टी दुईपटकका कोपा लिबर्टाडोरेस विजेता हुन् । उनले १९६६ देखि ७७ सम्म अर्जेन्टिनी टिमबाट १८ खेल खेलेका थिए । मेसीले यस सिजन ३० खेलमा २३ गोल गरेका छन् । तर गाट्टी मेसीको आलोचना गर्न चुकेनन् ।

हुगाे गाट्टी

‘मलाई अर्जेन्टिनामा कसैले आलोचना गर्लान् भन्ने चिन्ता छैन । म अर्जेन्टिनी हुँ र मेसी नायक हुन्, तर अब उनी नायक रहेनन् ,’ उनले भने,‘उनीहरुले मेसीलाई धेरै चढाए । धेरै चढाएर गल्ती गरे । अब उनी मैदानमा धेरै हिंड्छन् । मेसी योभन्दा राम्रो बन्नुपर्ने खाँचो छ ।’

गाट्टीले मेस्सी र रोनाल्डो समाकालिन खेलाडीमध्ये उत्कृष्ट रहेको भने स्विकारे ।  ‘जब मेसीजस्ता खेलाडी टोलीमा पहुन्छन् । जसरी म्याराडोना र पेले हुन्थ्यें, तब टिमका अन्य खेलाडीले जितका लागि उनीहरुलाई नै बल पास दिन्छन् । टिमका खेलाडीमा अरुलाई बल दिनुको साटो उनीहरुलाई नै बल दिने बानी पर्छ । यस्तोमा उनीहरुले टिम बिर्गान्छन् र आफुसँग भए–भरको क्षमता खेलमा लगाउँदैनन् ।’

मेस्सीले अहिलेसम्म ६ पटक बेलोन डि अर जितिसकेका छन् । बार्सिलोनाबाट सर्वाधिक ४ सय ३७ लिग गोल गर्ने किर्तिमान पनि उनकै नाममा छ । तर मेस्सीको खेल पछिल्लो समय खस्किएको गाट्टीको आरोप छ ।

यसअघि गत साता रियल म्याड्रिडविरुद्धको खेलमा मेसीलाई विपक्षी खेलाडीले खासै निशाना लगाएका थिएनन् । त्यसका बाबजुद पनि बार्सिलोना २–० ले पराजित भयो ।

हारसँगै दोस्रो स्थानमा झरेको बार्सिलोनाले शनिबार घरेलु मैदानमै रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दैछ । यस खेलमा विजयी भए बार्सिलोना कम्तिमा २४ घण्टाका लागि शीर्ष स्थानमा पुग्नेछ । आइतबार रियल म्याड्रिडले रियल बेटिससँग प्रतिस्पर्धा गर्दैछ । 


कस्तो लाग्यो ?

यो पनि