मंसिर ०६, २०८१, बिहीबार
               

सिटीले फेरि जित्यो काराबाओ कप

एजेन्सी
फागुन १९, २०७६

ADVERTISEMENT

एजेन्सी । एस्टन भिल्लालाई हराउँदै म्यान्चेस्टर सिटी लगातार तेस्रो पटक काराबाओ कपको उपाधि जित्न सफल भएको छ । 

लिभरपुलपछि यो उपलब्धि हात पार्ने सिटी दोस्रो टोली हो । सिटीले पाँच वर्षमा चौथो पटक यो उपाधि चुम्न सफल भएको हो ।

आइतबार वेम्ब्ले मैदानमा भएको खेलमा सिटीले २–१ गोलअन्तरले एस्टन भिल्लालाई पराजित गर्यो ।

खेलको २० औं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसको १० मिनेटपछि रोड्रीले सिटीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको अन्त्यतिर मब्वाना समाटाले भिल्लाका लागि गोल फर्काए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र सिटी २–१ गोल अन्तरले  विजयी भयो ।

लिगमा लिभरपुलभन्दा २२ अङ्कले पछि रहेको सिटीले सिजनको पहिलो उपाधि हात पारेको छ ।

योसँगै पेप ग्वार्डिओलाले तीन पटक लिग कपको उपाधि जित्नस सफल भएका छन् । उनीअघि एलेक्स फर्गुसन, ब्रायन क्लो र जोसे मोरिन्होले चार पटक यो उपाधि जितेका छन् ।

सिटीले अब लिगमा म्यान्चेस्टर युनाइटेडको सामाना गर्नेछ भने भिल्लाले सोमबार लेस्टर सिटीसँग भिड्नेछ ।


कस्तो लाग्यो ?

यो पनि