जेठ ०५, २०८१, शनिबार
               

भैरहवाद्वारा तीन विदेशी खेलाडी अनुबन्धित

रासस
फागुन १८, २०७६

ADVERTISEMENT

आगामी संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिताका लागि भैरहवा ग्ल्याडिएटर्सले टेस्ट राष्ट्र श्रीलंका र ओमानका खेलाडीलाई अनुबन्ध गरेको छ । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकसमेत रहिसकेका पुबुदु दसानायकेले भैरहवाबाट खेल्ने अन्य तीन विदेशी खेलाडीको नाम आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेका हुन् । 

दसानायके इपिएलमा भैरहवाको मुख्य प्रशिक्षकका रुपमा छन् । उनी आजै नेपाल आइपुगेका हुन् । ओमानका बायाँ हाते तीव्र गतिका बलर बिलाल खान, श्रीलंकाका स्पिनर जीवन मेन्डिस र बायाँहाते अलराउन्डर मिलिन्डा श्रीवार्दानाले भैरहवाबाट इपिएल खेल्ने पक्का भएको उनले बताए । त्यस्तै भैरहवाले यसअघि नै वेस्ट इन्डिजका ब्याट्सम्यान ड्वेन स्मिथको नाम सार्वजनिक गरेकोे थियो ।

इपिएल आगामी चैत्र १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । भैरहवा ग्ल्याडिएटर्सले चैत्र २ गते काठमाडौँ किंग्स ११ सँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । 

भैरहवा टोलीमा शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहितकुमार पौडेल, हरिशङकर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमांशु दत्त छन् । त्यसैगरी विदेशी खेलाडीमा बिलाल खान, ड्वेन स्मिथ, जीवन मेन्डिस र मिलिन्डा श्रीवार्दाना छन्।

प्रतियोगितामा काठमाडौँ, ललितपुर, विराटनगर, भैरहवा, वीरगञ्ज र पोखरा गरी ६ टोलीको सहभागिता रहेने छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि