चैत १६, २०८०, शुक्रबार
               

अन्तर्राष्ट्रिय डेब्युमा किन रोएका थिए मेसी ?

नेपाल फ्ल्यास
फागुन १०, २०७६

ADVERTISEMENT

फुटबल इतिहासकै महान् खेलाडीमध्ये मेसी एक मानिन्छन् । उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट ओलम्पिकमा स्वर्णबाहेक अन्य ठूला प्रतिस्पर्धा जित्न सकेका छैनन् । तर बार्सीलोनालाई धेरै उपाधि जिताइसकेका छन् । 

मेसीले अर्जेन्टिनालाई दुईपटक कोपा अमेरिका र एकपटक विश्वकप फुटबलको फाइनलमा पनि पुर्‍याए । तर, तपाईलाई अचम्म लाग्ला, मेसीको अन्तर्राष्ट्रिय डेब्यु खराब थियो वा भनौं बिर्सनलायक ।

सन् २००५ मा नेदरल्याण्डस्मा भएको यु–२० विश्वकपमा मेसीले उत्कृष्ट खेल्दै अर्जेन्टिनालाई उपाधि जिताए । प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका मेसीले ६ गोल गर्दै सर्वाधिक गोलकर्ताका रुपमा गोल्डेन बुट समेत जितेका थिए ।

यस प्रदर्शनलाई आधार मानेर प्रशिक्षक जोसे पेकरम्यानले मेसीलाई राष्ट्रिय टोलीमा बोलाए । हंगेरीविरुद्धको डेब्यु खेलमा ६३ औं मिनेटमा मेसी मैदान छिरेका थिए । तर, मैदान छाडेको दुई मिनेटलगत्तै उनी भिल्मोस भान्सजाकको सर्ट तान्न  अघि सरे । त्यसपछि रेफ्रीले मेसीलाई रातो कार्ड दिए । रातो कार्ड खादाँ उनी निकै रोएका थिए ।


कस्तो लाग्यो ?

यो पनि