बैशाख ०७, २०८१, शुक्रबार
               

भारतद्वारा अस्ट्रेलिया १७ रनले पराजित

नेपाल फ्ल्यास
फागुन ०९, २०७६

ADVERTISEMENT

आइसिसी टी – २० महिला विश्वकपमा भारतले अस्ट्रेलियालाई १७ रनले पराजित गरेको छ । अस्ट्रेलियाको सिड्नीमा भएको प्रतियोगिताको पहिलो खेलमा टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित ओभरमा एक सय ३२ रन बनाएको थियो । यस क्रममा उसले चार विकेट गुमाएको थियो ।  

पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेको भारतका लागि ओपनर स्मृति मन्धाना १० रनमा आउट भएकी थिइन् । त्यसपछि सफाली बर्मा २९ रनमा पेभेलियन फर्क्रिदा भारतले ४३ रनमा दोस्रो विकेट गुमाएको थियो । 

त्यसपछि क्रिजमा आएकी कप्तान हरमनप्रित कौर मात्र दुई रन आउट हुँदा भारतले ४७ रनमा तेस्रो विकेट खेर फाल्यो । तर चौथो विकेटका लागि दिप्ती शर्मा र जेमीमा रोड्रिगेजले अर्धशतकीय साझेदारी गरे । जसमा जेमीमाले २६ रन बनाए ।

अन्तिममा भारतका लागि दिप्ती शर्माले ४९ रनको पारी खेलिन ।

जवाफमा अस्ट्रेलिया १९ ओभर ५ बलमा एक सय १५ रनमा रोकियो । मध्यम सुरुवात गरेको अस्ट्रेलियाको मध्यक्रमका खेलाडीले राम्रो प्रदर्शन सकेनन् । उसका लागि अलिशा हिलेले सर्वाधिक ५१ रन बनाइन । उनले ३५ बलमा छ चौका र एक छक्का प्रहार गरिन् ।

३२ रनमा पहिला विकेट गुमाएको अस्ट्रेलियाले ५५ रनमा दोस्रो तथा ६७ रनमा तेस्रो विकेट खेर फालेको थियो । त्यसपछि पनि उसको विकेट झर्ने क्रम यतिमा रोकिए । उनले ८२ रन बनाउँदा ६ विकेट गुमाउन पुग्यो । अस्ट्रेलियाको लागि एस्लेइघ गार्डनेरले ३४ रन बनाइन् ।

अस्ट्रेलियालाई कम स्कोरमा रोक्न पुनम पाण्डेले चार तथा शिखा पाण्डेले ३ विकेट लिएका थिए ।

यो पनि