जेठ ०६, २०८१, आइतबार
               

एभरेस्ट प्रिमियर खेल्न क्रिस गेल आउने

रासस
माघ २३, २०७६

ADVERTISEMENT

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले एभरेस्ट प्रिमियर लिग (इपिएल)लाई मान्यता प्रदान गरेको छ ।

आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने चौथो संस्करणको इपिएललाई आधिकारिक मान्यता दिएको हो । 

यस पटक टेस्ट मान्यताप्राप्त मुलुकका चर्चित खेलाडीसमेत सो प्रतियोगिता खेल्न नेपाल आउँदै छन् । नेपाल खेल्न आउने खेलाडीमा वेस्ट इन्डिजका क्रिस गेल, ड्वाने स्मिथ, श्रीलङ्काका उपुल थरङ्गा, अफगानिस्तानका मोहमद साहजादलगायत छन् । 

गेलले पोखरा राइनोजबाट स्मिथले भैरहवा ग्लाडीयटर्सबाट थरङ्गाले ललितपुर प्याट्रियट्सबाट तथा साहजादले चितवन टाइगर्सबाट खेल्ने तय भएको आयोजकले जनाएको छ । 

इपिएलमा छ फ्रेन्चाइज टोली काठमाडौँ किङ्ग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, चितवन टाइगर्स, पोखरा राइनोज, विराटनगर वारिवर्स र भैरहवा ग्लाडीयटर्स भिड्ने छन् । इपिएलको खेल तालिकालाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले स्वीकृत गरेको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि