जेठ ०४, २०८१, शुक्रबार
               

१३औं सागको दोस्रो दिन नेपाललाई १५ स्वर्ण, भारत र पाकले तीन-तीन स्वर्ण जिते

नेपाल फ्ल्यास
मंसिर १६, २०७६

ADVERTISEMENT

काठमाडौं । १३औं सागको दोस्रो दिन नेपालले उल्लेखनीय सफलता पाएको छ । भारत र पाकिस्तानले तीन-तीन स्वर्ण जित्दा नेपालले १५ स्वर्ण जितेको छ ।

नेपाललाई दुई दशकपछि कराँते र तेक्वान्दोले साथ दिएको हो । यी दुइ खेलमा नेपालले ७-७ स्वर्ण जित्यो भने एउटा ट्रायथलनमा जितेको हो ।

नेपालका लागि स्वर्ण पदक विजेताहरु

तेक्वान्दो : पार्वती गुरुङ, आयशा शाक्य, कमल श्रेष्ठ, सीना मादेन लिम्बू, स्वस्तिमा तामाङ

तेक्वान्दो टिम :

- निशा दर्नाल र संजिला तिमल्सिना
- आयशा शाक्य र संजीवकुमार ओझा

कराँते : मण्डेकाजी श्रेष्ठ, लक्ष्मण तामाङ, विप्लवलाल श्रेष्ठ, कुमुद खड्का, अनु अधिकारी,

कराँते टिम

    निर्मला तामाङ, सरु कार्की र संगीता मगर
    मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविन मानन्धर

ट्रायथलन

सोनु गुरुङः

 


कस्तो लाग्यो ?

यो पनि