बैशाख २१, २०८१, शुक्रबार
               

बजारमा म्याद सकिएका बियर , एक करोड रुपैयाँ बराबरको नष्ट

नेपाल फ्ल्यास
असोज १५, २०८०

ADVERTISEMENT

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले झण्डै एक करोड रुपैयाँको बियर नष्ट गरेको छ ।

विभागले बियर कम्पनीको नाम भने गोप्य राखेको छ । विभागले आइतवार काठमाण्डौको पेप्सीकोला, बालाजु, असन क्षेत्र र भक्तपुरका विभिन्न ठाउँमा अनुगमन गरेको छ । पेप्सीकोलामा रहेको एक किराना पसललाई सिल गरिएको विभागले जनाएको  छ ।

बजार अनुगमनका क्रममा म्याद गुज्रिएको पाइएपछि ९७ लाख ५६ हजारभन्दा धेरै रुपैयाँ बराबरको बियर नष्ट गरिएको विभागले जनाएको  छ । काठमाण्डौको धुम्बाराहीबाट बरामद भएको बियर चितवनमा रहेको कम्पनीमै लगेर नष्ट गरेको विभागले जनाएको हो ।

विभागले यो महिनाको शुरुवातदेखि चाडपर्व लक्षित अनुगमन गरिरहेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि