बैशाख २१, २०८१, शुक्रबार
               

गाँजा सहित दुईजना पर्सा प्रहरीको नियन्त्रणमा

नेपाल फ्ल्यास
असोज १३, २०८०

ADVERTISEMENT

पर्सा। प्रतिबंधित लागुऔषध गाँजा सहित पर्सा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । 
पक्राउ पर्नेमा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुर बस्ने लोटन राउत कुर्मी र देवलाल साह कलवार रहेका छन।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी प्रसौनीभट्टाबाट खटिएको प्रहरी टोलीले प्रसौनीभट्टा गाँउ नजिक सडकखण्डमा चेकजाचको क्रममा ४ किलो लागुऔषध गाँजा सहित दुवैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक कोमल शाहले  जानकारी दिए ।  

संकास्पदरूपमा साईकल चलाई गईरहेको अवस्थामा दुवैजनालाई नियन्त्रणमा लिएर चेकजाच गर्दा आफ्नो शरिरमा पहेलो रङको टेपले बेरी बाँधेको कालो रङको पोलोथिनको ४ वटा पोकामा १—१ किलोका दरले ४ किलो लागू औषध गाँजा फेला परेको परहरी उपरिक्षक शाहले बताए ।   

लागुऔषध गाँजासहित पक्राउ परेका दुवैजनालाई थप आवश्यक कार्यवाहीको लागी ईलाका प्रहरी कार्यालय पोखरीया पर्सामा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि