बैशाख २१, २०८१, शुक्रबार
               

दशैँ, तिहार तथा छठलगायत चाडपर्वमा चिनीको अभाव नहुने विभागको दाबी

नेपाल फ्ल्यास
असोज १२, २०८०

ADVERTISEMENT

काठमाडौं । दशैँ, तिहार तथा छठलगायत चाडपर्वमा चिनीको अभाव नहुने सरकारले जनाएको छ । बजारमा  अहिले चिनीको अस्वाभाविक मूल्य कायम भएको छ । 

कृत्रिम अभाव सिर्जना गरेर चिनीको मूल्य बढाइएको पाइएकाले त्यसको अनुगमन भइरहेको र चाडपर्वमा चिनीको अभाव नहुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । 
केही दिनमै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले १०—१० हजार टन चिनी खरिद गर्ने बिभागले जनाएको छ । 
तत्काललाई चिनीको अभाव नभए पनि केही व्यापारीले चाडपर्वको मौका छोपेर भाउ बढाइरहेका छन् । विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार अहिले सरकारसँग १ लाख ८८ हजार ५ सय १३ क्विन्टल  चिनी मौज्दात छ । २० हजार टन आयातका लागि प्रक्रिया अगाडि बढिसकेको छ ।


साल्ट ट्रेडिङले किलोको ९७ रुपैयाँमा बिक्री गरिरहेको छ । तर, उपभोक्ताले खुद्रा पसलमा किलोको १ सय ५० रुपैयाँसम्म तिरिरहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि