जेठ ०३, २०८१, बिहीबार
               

आज ४४ औँ विश्व पर्यटन दिवस
ठाकुरबाबा नगरपालिकामा सार्वजनिक बिदा

नेपाल फ्ल्यास
असोज १०, २०८०

ADVERTISEMENT

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले आज ४४ औँ विश्व पर्यटन दिवस मनाउन सार्वजनिक बिदाको घोषणा गरेको छ । नगर अस्पताल बाहेक नगरपालिका मातहातका सबै कार्यालय र शिक्षण संस्था बन्द रहने प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले जानकारी दिए । 

‘बाघ मात्र होइन सांस्कृतिक र प्राकृतिक हिसाबले पनि बर्दिया पर्यटकीय क्षेत्रका रुपमा चिनाउन, बर्दियाका होमस्टे, पर्यटकीय क्षेत्र र प्राकृतिक वातावरणलाई प्रचारप्रसार गर्नु प्रमुख उद्देश्य रहेको रिजालको भनाइ छ । 

ठाकुरबाबा नगरपालिका तथा पर्यटन विकास परिषद लुम्बिनी प्रदेशको आयोजनामा ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वारामा आज प्रदेश स्तरीय विश्व पर्यटन दिवस मनाउन लागिएको मेयर तिलकराम लम्सालले जानकारी दिए ।  

बर्दिया राष्ट्रिय निकुञ्ज मूल गन्तव्यसहित बर्दियालाई चिनाउनकै लागि यस वर्षको प्रदेश स्तरीय विश्व पर्यटन दिवस बर्दिया राष्ट्रिय निकुञ्ज रहेको ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वारामा मनाउन लागिएको उपमेयर विना कुमारी भट्टराईले बताए । 

विश्व पर्यटन दिवस मनाउन प्रदेश तथा जिल्लाका सरोकारवालासहित ३६ सदस्यीय मूल समिति गठन गरिएको नगरपालिकाले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि