जेठ ०४, २०८१, शुक्रबार
               

वीरगञ्जमा बृहत सद्भाव र्याली

नेपाल फ्ल्यास
असोज ०८, २०८०

ADVERTISEMENT

पर्सा । सदियौंदेखि एकताबद्ध भएर बसेका वीरगंज वासीलाई विभाजित गर्ने मनसायका साथ केही तत्वहरू सक्रिय भएको भन्दै वीरगञ्जमा बृहत सद्भाव र्याली निकालिएको हो ।

वीरगञ्ज महानगरपालिकाको आयोजना र स्थानीय युवाहरूको सक्रियतामा वीरगञ्जको आदर्शनगरस्थित स्विमीङ् पुलबाट सुरु भएका र्यालीले वीरगंज बजारको परिक्रमा गरेको थियो । 

र्याली पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सामाजिक सद्भावलाई कायम गरेर समाजलाई विद्रोह हुनुबाट बचाउनुपर्नेमा जोड दिए । धार्मिक सहिष्णुताको भाव जागृत गरेर जात, धर्म र अन्य कारणले समाजलाई भा“ड्ने काम कसैले पनि नगर्न उनले सुझाव दिए । 

समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरूदेखि वीरगञ्जवासी सचेत छन् भन्ने सन्देश प्रवाहका लागि सद्भाव र्याली निकालिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए । 

पछिल्लो समयमा धार्मिक गतिविधि बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रमुख सिंहले समाजलाई भाड्ने तत्वहरुको  पहिचान गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । त्यस्तै कार्यक्रमा बोल्दै नेकपा एमाले पर्साका संयोजक डा. विसंभर शर्माले आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएका गतिविधिप्रति चिन्ता व्यक्त गरे ।  
 


कस्तो लाग्यो ?

यो पनि