जेठ ०३, २०८१, बिहीबार
               

प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा

नेपाल फ्ल्यास
असोज ०८, २०८०

ADVERTISEMENT

पर्शा । पर्सा प्रहरीले ३२ केजी प्रतिबन्धित लागु औषध चरेश सहित एकजनालाई नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साले बिशेष सुचनाको आधारमा पर्साको जिरा भवानी गाउपालिका वडा नम्बर १ बाट उक्त लागु औषध चरेश सहित पक्राउ गरेको हो ।

 प्रहरीले नेपालबाट भारत तर्फ जा“दै गरेको ना ६१ प ९७०० नम्बरको मोटर साईकलमा ५ सय ग्रामको ६४ प्याकेट ३२ केजी चरेश सहित पर्सा जिल्ला ठोरी गाउपालिका वडा नम्बर ४ बस्ने बर्ष ३४ बर्षिय क्षेत्र वहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक कोमल शाहले जानकारी दिए । 

 पर्सा प्रहरीले लागु औषध चरेश सहित नियन्त्रणमा लिएको श्रेष्ठलाई लागु औषध सम्बन्धी कसुरमा मुद्धा चलाउने तयारी भइरहेको प्रहरी उपरिक्षक शाहले बताए । 
 


कस्तो लाग्यो ?

यो पनि